शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड किन पुगे एमाले नेता लेखराज भट्ट निवासमा ?

प्रचण्ड किन पुगे एमाले नेता लेखराज भट्ट निवासमा ?

  • मिडिया डबली
  • आइतवार, चैत्र २६ २०७९

  • 2.6K
    SHARES

  • प्रचण्ड किन पुगे एमाले नेता लेखराज भट्ट निवासमा ?

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टको निवासमा पुगेका छन् ।

    आइतबार सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका लागि कञ्चनपुर जाने क्रममा प्रचण्ड कैलालीको अत्तरियास्थित भट्टको घरमा पुगेका हुन् ।

    धनगढी एयरपोर्टबाट सिधै प्रधानमन्त्री प्रचण्ड भट्टको निवासमा पुग्दा उनलाई लेखराज, उनका भाइ गोकर्ण भट्ट, धर्मपन्तीसहितले स्वागत गरेका थिए ।

    यसपटक प्रचण्ड र लेखराजबीच भएको भेटघाटलाई अर्थपूर्ण रूपमा लिइएको छ । प्रचण्ड र लेखराजबीच केही समय वान टु वान वार्ता भएको छ ।

    जनयुद्धकालमा सुदूरपश्चिमकै कमाण्डर भएर काम गरेका लेखराज एमाले र माओवादी एकीकरण भएर नेकपा बन्दा ओलीतिरै लागेका थिए । त्यसयता प्रचण्ड र लेखराजबीच भेट भएको थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend