शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

जितनारायणको पक्षमा उभिए कांग्रेसका शक्तिशाली चार नेता, गरे यस्तो घोषणा

जितनारायणको पक्षमा उभिए कांग्रेसका शक्तिशाली चार नेता, गरे यस्तो घोषणा

  • मिडिया डबली
  • आइतवार, चैत्र २६ २०७९

  • 5.6K
    SHARES

  • जितनारायणको पक्षमा उभिए कांग्रेसका शक्तिशाली चार नेता, गरे यस्तो घोषणा

    काठमाडौं - चितवन २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठको पक्षमा माहोल दिनका दिन बढ्दै गएको छ ।

    कांग्रेसले निर्णय गर्दै चितवनका विद्रोही नेताहरूलाई कारबाही फिर्ता गर्ने निर्णयपछि चितवनमा श्रेष्ठको पक्षमा माहोल बनेको हो । निर्वाचनमा एक मतको पनि ठूलो अर्थ रहन्छ ।

    एक मतले नेतृत्वलाई जिताउने र हराउनेमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । श्रेष्ठलाई चारजना कांग्रेसका विद्रोही नेताहरुले समेत सहयोग गर्ने भएका छन् ।

    गत निर्वाचनमा टिकट नपाएकाहरु केन्द्रीय सदस्य दिनेश कोइराला, चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले श्रेष्ठलाई विजयी गराउन शनिबार संयुक्त अपिल गरेका छन् ।

    कोइरालाले गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिएका थिए । सत्तागठबन्धनकी उम्मेदवार रेणु दाहालविरुद्ध दिएको उम्मेदवारी पछि फिर्ता लिएका थिए ।

    स्कुले जीवनमै २०४२ सालमा राजनैतिक गतिविधिमा लागेर २०५३ सालमा नारायणगढको बालकुमारी कलेजको स्ववियु सभापति बनेका कोइराला २०५६ देखि २०५८ सालसम्म नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

    २०५८ सालमा नेपाली कांग्रेस चितवनको जिल्ला कार्य समितिको सदस्य र प्रवक्ता, १४ औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित कोइराला चितवनमा प्रभावशाली मानिन्छन् ।

    उनीहरूले एकजुट र एकढिक्का भएर कांग्रेस उम्मेदवार श्रेष्ठलाई विजयी गराउन सबैलाई आह्वान पनि गरेका छन् । कांग्रेसका चार नेताको संयुक्त आह्वानपछि भरतपुरमा चुनावी माहोल गर्माएको छ ।

    चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि पुनः निर्वाचन हुन लागेको हो ।

    गत चुनावमा लामिछाने ४९ हजार मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि रास्वपाबाट रवि उम्मेदवार छन् । एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १० २०८०१२:२१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend