काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीकै काममा केन्द्रित हुन पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन छ भनेर प्रश्न गरे ।
शुक्रबार संसदमा विशेष समय लिएर बोल्दै थापाले प्रधानमन्त्रीको काम हेर्दा अत्मविश्वास नभएको र बढी अलमलमा परेको देखिने बताए । बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम आएको भन्दै उनले भने, ‘न्यूनतम साझा कार्यक्रमपछि यात्रा सुरु भयो, मेरो लक्ष्य प्रष्ट भयो । जस भए पनि मेरो, अपजस मेरो हो भन्ने आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ ।’
सरकारले जनतालाई उत्साह र भरोसा दिलाउनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । कांग्रेस महामन्त्री थापाले अगाडि भने, ‘मेरो ठाउँबाट हेर्दा प्रधानमन्त्रीलाई अब ६ महिना समय छ । चैत मसान्ततिर न्यूनतम साझा कार्यक्रम आएको छ, असोजसम्मको समय दिनुस् । असोजमा यही संसदमा आउनुस् र न्यूनतम साझा कार्यक्रमको केके काम भयो भनेर बताउनुस् ।’
सरकार सफल होस् भन्ने चाहेको भन्दै महामन्त्री थापाले अगाडि भने, ‘न्यूनतम साझा कार्यक्रम आयो, अब सरकारले एक दिन एक काम भन्ने नाराका साथ प्रत्येक दिन एउटा परिणम ल्याउने कोशिस गरोस् ।’ तर अर्को ५ वर्ष समय खेर फाल्ने सुविधा नभएको भन्दै आफूहरुलाई ‘टेकन फर ग्रान्टेड’का रुपमा नलिन सचेत समेत गराएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।