आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि र सन्दीपविरुद्ध अदालतमा एकै दिन सुनुवाइ

रवि र सन्दीपविरुद्ध अदालतमा एकै दिन सुनुवाइ

  • मिडिया डबली
  • बुधवार, चैत्र २२ २०७९

  • 2.4K
    SHARES

  • रवि र सन्दीपविरुद्ध अदालतमा एकै दिन सुनुवाइ

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछाने र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एकै दिन सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । रविको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो । सन्दीपविरुद्धको जबर्जस्तीकरणी मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

    सोमबार दायर भएको रविविरुद्ध रिट मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ तय भएको हो । अधिवक्ता युवराज पौडेलले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । यसअघि नै उनले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । 

    महान्यायाधिवक्ता पोखरेलले यही चैत ६ गते रविमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए । 

    यता क्रिकेटर सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । उनले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो । कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए ।

    पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो । तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर २ २०७७०५:१९:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend