काठमाडौं- नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले ‘टुरिस्ट’ उम्मेदवारलाई मत नहाल्न आग्रह गरेका छन्। तनहुँ–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेका हुन्।
भट्टराईमा पार्टीभित्रका नयाँ र पुराना नेतालाई जोड्न सक्ने क्षमता रहेको बताए। ‘यहाँ घुम्दाघुम्दै आउने टुरिस्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ– तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन। यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने,’ थापाले भने।
थापाले गोविन्दराज जोशीलगायतसँग पनि कुराकानी गरेर पार्टीलाई एकढिक्का बनाउँदै लगिने बताए। यसअघि आइतबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशीमाथि गरिएको कारबाही फिर्ता लिएको थियो। तर कांग्रेसले स्वार्थपूर्ण रूपमा आफूमाथिको कारबाही फिर्ता लिएको तर आफूसँगै कुनै छलफल नगरेको जोशीको भनाइ छ।
विगतका निर्वाचनमा उम्मेदवा बन्दै आएका जोशी यसपालिको चुनावमा उम्मेदवार नबन्ने बताइसकेका छन्।
हालै कांग्रेस त्यागेर रास्वपा गएका डा स्वर्णिम वाग्ले चुनाव लड्न तनहुँ पुगेपछि उनलाई लक्षित गरी गगनले उक्त वक्तव्य दिएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।