शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

मन्त्री छान्ने विषयमा गगनको यस्तो दाबी 

मन्त्री छान्ने विषयमा गगनको यस्तो दाबी 

  • मिडिया डबली
  • सोमवार, चैत्र १३ २०७९

  • 5.1K
    SHARES

  • मन्त्री छान्ने विषयमा गगनको यस्तो दाबी 

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पार्टीका तर्फबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल नभएको बताएका छन्। 

    ‘सभापतिले प्रधानमन्त्रीसँग कुराकानी गर्नु भएको हुन सक्छ। तर नेपाली कांग्रेस पार्टीमा भने मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भएको छैन,’ महामन्त्री थापाले भने।

    मन्त्रीका विषयमा पार्टीमा छलफल नभएपनि सभापति शेरबहादुर देउवाले क–कसलाई पार्टीको प्रतिनिधित्व गराएर मन्त्री बनाउने भन्ने विषयमा गृहकार्य गरेको हुन सक्ने उनको आशय छ। उनका अनुसार वर्तमान सरकारमा सहभागी हुँदा नेपाली कांग्रेसले कति वटा मन्त्रालय पाउने भन्ने विषय नै टुंगो नलागेकाले मन्त्रीका विषमया छलफल हुन नसकेको हो।

    ‘सभापतिले अहिलेसम्म नम्बर फाइनल भएको छैन भन्नुभएको छ। नम्बर फाइनल भएपछि नामका विषयमा कुराकानी गरौँला भन्नुभएको छ। त्यसैले नामका विषयमा पार्टीमा कुराकानी हुन नसकेको हो, त्यतातर्फ छलफल गएकै छैन,’ उनले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend