शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

एक महिनादेखि सरकार माओवादीको कब्जामा, सरुवा–बढुवाबाट मनग्गे कमाइ

एक महिनादेखि सरकार माओवादीको कब्जामा, सरुवा–बढुवाबाट मनग्गे कमाइ

  • मिडिया डबली
  • सोमवार, चैत्र १३ २०७९

  • 3.2K
    SHARES

  • एक महिनादेखि सरकार माओवादीको कब्जामा, सरुवा–बढुवाबाट मनग्गे कमाइ

    काठमाडौँ - निर्वाचनमा पहिलो र दोस्रो दल बनेर पनि नेपाली कांग्रेस र एमाले बाहिर छन् ।

    तर तेस्रो ठूलो दल माओवादीले एकलौटी सरकार चलाइरहेको छ । राप्रपा र रास्वपा सरकारबाट बाहिरिएको एक महिना बितेको छ । एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको २८ दिन बितेको छ ।

    यो एक महिनामा माओवादी केन्द्रले मात्र एकल सरकार चलाइरहेको छ । पहिलो र दोस्रो दललाई बाहिर राखेर तेस्रो दलले सरकार चलाउनु पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि दुर्लभ अवसर हो । यही अवसर अहिले प्रचण्डले प्रयोग गरिरहेका छन् ।

    उनले कुनै पनि दल सरकारमा सामेल नभएको मौका छोपी भटाभट माओवादीको पक्षमा निर्णय गरिरहेका छन् । तर कांग्रेस, एमालेलगायतका दल भने टुलुटुल हेरेर मात्र बस्न बाध्य छन् । प्रचण्डले सम्हालेका १६ मन्त्रालयमा एक महिनायता सुनसानप्रायः छन् ।

    कर्मचारी सामान्य दैनिक प्रशासनिक काम चलाएर बसिरहेका छन् । विभागीय मन्त्री नभएर मन्त्रालयको कामकारबाही अवरुद्ध भएका बेला एउटा काम भने फटाफट भइरहेको छ, त्यो हो– कर्मचारी सरुवा र बढुवा । गृह मन्त्रालयले शुक्रबार मात्रै सहसचिवसहित २५ जना अधिकारीको सरुवा गरेको छ ।

    सहसचिव दरबन्दी भएका १० जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख वासुदेव घिमिरेलाई पाँच महिनामै गृहमा फिर्ता बोलाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

    राजस्व अनुसन्धान विभाग रहँदा कार्यसम्पादनमा प्रश्न उठेपछि प्रधानमन्त्री कार्यालयमा तानिएका सहसचिव झलकराम अधिकारीलाई गृहले गत फागुनमा अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

    एमालेले छाडेपछि रिक्त रहेका थप मन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डसँगै छन् । प्रधानमन्त्रीमातहत रहेका १६ वटै मन्त्रालयमा कामकाज प्रभावित छ ।

    प्रचण्ड प्रधानमन्त्री बनेको दसौं दिनमै सातजना सचिवको सरुवा गरेका थिए । अति जरुरी निर्णय गराउनुपरे १६ मन्त्रालयका सचिव फाइल च्यापेर प्रधानमन्त्रीको ढोकामा पुग्छन् ।

    प्रधानमन्त्रीका लागि कहिलेकाहीं घण्टौं कुर्नुपर्ने स्थिति छ । तर प्रचण्ड भने पार्टीको कार्यक्रम र नेताहरू भेटघाटमै व्यस्त देखिएका छन् । अर्थ मन्त्रालयसमेत आफैंले सम्हालेकाले अहिले बजेट रकमान्तर काम तीव्र ढंगले चलिरहेको छ ।

    माओवादीको एकलौटी सरकार भएकाले अहिले कर्मचारी सरुवा, प्रहरी बढुवाबाट त्यो पार्टीका नेता कार्यकर्ता मोटाएको देखिएको छ ।

    मन्त्रिपरिषद्ले पूर्णता पाउनुअघि नै सबै मन्त्रालयमा राजनीतिक नियुक्ति गरेर कुस्त कमाउने अभियानमा माओवादी लागेको देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend