बुटवल– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्को निर्वाचनमा एक्लै लड्नेगरी अघि बढ्नुपर्ने बताएका छन्। कांग्रेस क्षेत्रीय समितिले शनिबार भैरहवामा गरेको अन्तरक्रियामा बोल्दै थापाले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन कांग्रेस एक्लै लड्ने बताएका हुन्। त्यसका लागि कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने उनको भनाइ थियो।
‘अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा एक्लै चुनाव लड्नुपर्छ,’ थापाले भने । ८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टीले अर्को चुनावमा अर्को पार्टीलाई मत हाल्न नपर्नेगरी अघि बढ्नुपर्नेमा उनले जोड दिए। थापाले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको बताए ।
केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने बताएका थापाले जनताको असन्तुष्टिलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।