शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कुँवरलाई आईजीपी बनाउन देउवाले गरे प्रचण्डलाई फोन

कुँवरलाई आईजीपी बनाउन देउवाले गरे प्रचण्डलाई फोन

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १० २०७९

  • 6.8K
    SHARES

  • कुँवरलाई आईजीपी बनाउन देउवाले गरे प्रचण्डलाई फोन

    काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन्। 

    शुक्रबार मन्त्रिपरिषद् बैठक बस्नुअघि देउवाले कुँवरलाई आईजीपी बनाउन भन्दै प्रचण्डलाई टेलिफोन गरेको प्रधानमन्त्री कार्यालयले बताएको हो ।

    देउवा नेतृत्वको सरकारले कुँवरलाई गत असारमा डीआईजीमा पहिलो नम्बरमा बढुवा गरेको थियो। प्रचण्ड नेतृत्वको सरकारले गत साता पहिलो नम्बरमा नै बढुवा गरेको हो।

    केही दिनमै सरकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसले कुँवरलाई आईजीपी बनाउन जोड गरिरहेको छ। प्रचण्डले एमालेनिकट मानिने श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउने चर्चाबीच देउवाले टेलिफोन गरेका हुन्।

    ज्ञवालीलाई आईजीपी बनाउन माओवादीका नेताहरु पनि लागि परेका छन्। आईजीपीका लागि कुँवर र ज्ञवालीसँगै एआईजीहरु टेकप्रसाद राई, दीपक थापा र किरण बज्रचार्य पनि दाबेदार रहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend