शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

प्रचण्ड शासनमा वाक स्वतन्त्रतामाथि बन्देज लगाउन थालिएको भन्दै चौतर्फी आलोचना

प्रचण्ड शासनमा वाक स्वतन्त्रतामाथि बन्देज लगाउन थालिएको भन्दै चौतर्फी आलोचना

  • मिडिया डबली
  • बुधवार, चैत्र ८ २०७९

  • 1.8K
    SHARES

  • प्रचण्ड शासनमा वाक स्वतन्त्रतामाथि बन्देज लगाउन थालिएको भन्दै चौतर्फी आलोचना

    काठमाडौं - कम्युनिस्ट शासन निरंकुश र स्वेच्छाचारी हुन्छ भन्ने कुरा उत्तर कोरिया नै काफी छ ।

    जहाँ सर्वोच्च नेता किम जोङ उनको विरोध गरेमा फासी दिइन्छ । गोली हानेर जीवनलीला समाप्त पारिन्छ । नेपालमा लोकतान्त्रिक शासन व्यवस्था छ । तर यहाँ पनि मान्छेको वाक स्वतन्त्रतामाथि बन्देज लगाउन थालिएको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । गृहमन्त्री पनि उनी आफैंले चलाइरहेका छन् । तर प्रचण्डविरुद्ध नाराबाजी गरेको भन्दै प्रहरीले मंगलबार नयाँ बानेश्वरमा तीनजनालाई पक्राउ गरेको छ ।

    प्रहरीले समात्नु आफैंमा ठूलो विषय होइन, तर अहिले नाराबाजी गरिरहेका तीनैजनाको प्रहरीले मुख थुनेको तस्बिर सामाजिक सञ्जाल र मिडियामा भाइरल बनेको छ ।

    जसले देश विदेशमा प्रचण्ड सरकारको विरोध भइरहेको छ । लोकतन्त्रमा विरोध र समर्थन गर्ने अधिकारी हुन्छ । त्यसमाथि आफूलाई लागेको विषयमा बोल्न पाइन्छ ।

    हिजो नेकपाकालमा प्रधानमन्त्री केपी ओली स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै प्रचण्ड, माधवकुमार नेपाललगायत ‘हामी यहाँ छौं’ भन्ने प्लेकार्ड बोकेर माइतीघर मण्डलामा धर्नामा बसेका थिए ।

    आज आर्थिक समस्याबाट पीडित भएकाको आवाज थुन्न प्रहरी प्रशासन किन लागिपरेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डको कडा आलोचना भएको छ ।

    हरकोही व्यक्तिले आफ्ना धारणा सार्वजनिक गर्ने क्रम बढेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् ।

    युवाहरूको सुरक्षाकर्मीहरूले मुख थुनेको तस्वीर सामाजिक सञ्जालमा राख्दै लिङ्देनले लेखेका छन्, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने कमरेड प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्, जो तपाईं स्वयम्लाई सबैभन्दा राम्रो थाहा छ ।’ एउटा देशको कार्यकारी भएपछि नागरिकको समस्या सुन्न सक्ने क्षामता हुनुपर्छ ।

    आज एउटा मुख थुनिएला, भोलि हजार हुन्छ्न्, पर्सि लाखौ करोडौं हुन्छन् । त्यसैले लोकतान्त्रिक शासकले जनताका आवाज धैर्यपूर्वक सुन्ने क्षमता राख्नुपर्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend