काठमाडौं- एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो। बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डसँग कुनै भरोसा नभएकाले विश्वासको मत दिन नसकिने स्पष्ट पारेका थिए ।
एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । यसअघि राप्रपा र नेमकिपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । एमाले सचेतक महेश बर्तौलाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए ।
आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रचण्डले आफूलाई शतप्रतिशत समर्थन हुने दाबी गरेका थिए । तर अब एमाले, राप्रपा र नेमकिपाले मत नदिएमा प्रचण्डले एक सय ७३ सांसदको मात्र मत पाउने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।