शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

एक ठाउँमा नजुट्दै माओवादी घटकहरू छिन्नभिन्न, प्रारम्भिक चरणमै लाग्यो ठेस

एक ठाउँमा नजुट्दै माओवादी घटकहरू छिन्नभिन्न, प्रारम्भिक चरणमै लाग्यो ठेस

  • मिडिया डबली
  • बुधवार, चैत्र १ २०७९

  • 2.8K
    SHARES

  • एक ठाउँमा नजुट्दै माओवादी घटकहरू छिन्नभिन्न, प्रारम्भिक चरणमै लाग्यो ठेस

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट दर्ता गर्ने सर्वोच्च अदालतको आदेशपछि एकै ठाउँमा उभिएका माओवादी घटकहरु फेरि छिन्नभिन्नको बाटोमा लागेका छन् ।

    एकले अर्कोलाई नस्वीकार्ने कम्युनिस्ट चरित्रका कारण नेताहरुमा पुनः बेमेल देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुईचोटि बैठक गरेर पार्टी एकताको तयारी गरेका नौ माओवादी घटकभित्रै विवाद बढेपछि फरक फरक मोर्चा बनाउने कसरत सुरु भएको छ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी नेताहरू एकढिक्का हुनुपर्ने नभए कार्यगत एकता गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए । जसमा सबैको धारणा समान थियो । तर, एक साताभित्रै सबै लाखापाखा लाग्ने स्थिति देखिएको छ ।

    शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा सामूहिक प्रतिवाद गर्ने र यही मेसोमा पार्टी एकता गर्ने उनीहरुको दाबी थियो । संयुक्त पत्रकार सम्मेलन र बृहत् नागरिक अन्तरसंवाद गर्ने भनेका उनीहरुको कार्यक्रममै अन्योल देखिएको छ ।

    आइतबारको पत्रकार सम्मेलनमा मोहन वैद्य, नेत्रविक्रम चन्द सहभागी भएनन् । सोमबार गर्ने भनिएको अन्तर्क्रिया पनि आपसी मतभेदकै कारण रोकियो । पूर्वमाओवादी नेता प्रभु साह पत्रकार सम्मेलनमा उपस्थित भएपछि वैद्य, विप्लवलगायतका नेताले कार्यक्रम नै बहिष्कार गर्न पुगे ।

    दशवर्षे सशस्त्र द्वन्द्वको समयमा भएका घटनाबारे मुद्दा चल्न थालेपछि एक हुने प्रयास गरे पनि माओवादी घटकबीच वैचारिक लाइन, कार्यदिशा, कार्यक्रममा फराकिलो अन्तर देखिन्छ ।

    विचार र कार्यदिशामा विमति भएकै कारण फुटेका माओवादी घटकहरु पुनः एकीकृत हुने सम्भावना टरेको छ । एकीकरणको उद्देश्यसहित मोर्चा निर्माणको अभियानमा लागे पनि प्रारम्भिक चरणमै ठेस लागेको छ ।

    संक्रमणकालीन मुद्दा चलाएर प्रधानमन्त्री प्रचण्डसहित माओवादी नेतालाई कारबाही गर्ने संकेत पाएपछि विगतको सशस्त्र द्वन्द्वमा लागेका सबै नेताहरू डरले एक ठाउँमा आएका थिए ।

    जसमध्ये रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा अहिले एमालेमा छन् । उनीहरू पनि प्रचण्डमाथि मुद्दा दर्ता गर्ने अदालतको आदेशप्रति रुष्ट छन् । तर केपी ओलीका कारण उनीहरूले खुलेर बोल्न सकेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend