काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको दोस्रो संस्करणको लोकतन्त्रसम्बन्धी सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।
सम्मेलनको आवश्यक तयारीका लागि प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयलाई निर्देशनसमेत दिइसकेका छन् । आगामी मार्च २९ र ३० तारिखमा सम्मेलन आयोजना हुँदैछ ।
अमेरिकी राष्ट्रपति बाइडेनले शिखर सम्मेलनमा सहभागी हुन प्रचण्डलाई निमन्त्रणा पठाएका थिए । सोही निमन्त्रणा स्वीकार गर्दै प्रचण्डले मार्च ३० मा भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् ।
सन् २०२१ मा भएको लोकतन्त्रसम्बन्धी पहिलो सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । सम्मेलनमा देउवाले नेपालले लोकतन्त्र, मानवअधिकार र महिला अधिकार रक्षाका लागि चालेका कदमबारे आफ्नो धारणा राखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।