काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन व्युँताउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री मात्रै बन्ने लोभ र लालसा भएको भए एमालेसँगैको गठबन्धनमा पनि प्रचण्डलाई उक्त अवसर रहेको उनले उल्लेख गरे । ‘प्रधानमन्त्री मात्रै हुने लालसा भएको भए एमालेसँगको गठबन्धन छोड्नै पर्ने थिएन,’ थापाले काठमाडौं–४ मा आयोजित कार्यक्रममा मंगलबार भने, ‘यो गठबन्धनमा आउँदा माओवादीले धेरै कुरा पाएको होइन नि ।’
एमालेसँग गठबन्धन हुँदा उपराष्ट्रपति माओवादीले पाउने सहमति बनेको थियो । आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति पद दिन प्रचण्ड तयार भएका छन् ।
पुस १० मा पुरानो गठबन्धनमा राजनीतिक दुर्घटना भएको उनले बताए । दुई महिनापछि सबैले आत्मबोध गरेर पुरानै बाटोमा आएको थापाले बताए ।
संसद विघटनको बचाउमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेपछि गठबन्धन जोगाउने जग तयार भएको थापाको दाबी छ ।
केन्द्रसँगै सातै प्रदेशमा आठ दलीय गठबन्धनको सरकार हुने उनले बताए । सरकारले काम गर्न नसके अरुलाई दोष दिने अवस्था नरहेको थापाले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।