आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

माधव नेपालको नाम लिँदा पनि मुख कुला गर्नुपर्छ भन्ने ओली अहिले उनकै शरणमा

माधव नेपालको नाम लिँदा पनि मुख कुला गर्नुपर्छ भन्ने ओली अहिले उनकै शरणमा

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १० २०७९

  • 2.9K
    SHARES

  • माधव नेपालको नाम लिँदा पनि मुख कुला गर्नुपर्छ भन्ने ओली अहिले उनकै शरणमा

    काठमाडौं - नेकपाकालीन विवादमा केपी ओली एकातिर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अर्कोतिर थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि ओली र प्रचण्ड अलग अलग पार्टी राजनीतिमा क्रियाशील भए ।

    माधव नेपाललाई भने धर्मसंकट देखियो । एमालेमै बसौं ओलीले देखिनसहने । प्रचण्डसँग जाऔं राजनीति समाप्त हुने । त्यसपछि उनले २०७८ भदौमा एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी गठन गरे ।

    छँदाखाँदाको पार्टी विभाजन गरेर २४ जना सांसद लिएर हिँडेपछि ओली माधव नेपालसँग निकै रिसाए । कतिसम्म भने माधव नेपालको नाम लिँदा पनि आफूले दुईपटक मुख कुला गर्ने गरेको सार्वजनिक मञ्चमै बताउँथे ।

    पार्टी विभाजन गरेको डेढ वर्षसम्म त ओली र नेपालबीच भेटघाट र संवादसमेत ठप्प रह्यो । एकले अर्कालाई तल्लोस्तरको गालीगलौज गर्दै रहे । एमालेमा लामो राजनीति गर्दा ओली र नेपाल एउटै गुटमा थिए । एकले अर्कोलाई सहयोग गर्ने गर्थे ।

    तर जब ओली पार्टीको कमान्ड लिन आइपुगे तब उनले माधव नेपाल पक्षलाई तेल आउने गरी पेले । पार्टीमा नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीसमेत दिन छाडे । सबैलाई कर्नरमा पार्न थाले । ओलीले आफ्नो गुट फैलाउँदै लगे । अहिले एमालेमा ओलीबाहेक अर्को गुट देखिन्न ।

    तर यतिबेला एमाले ठूलो संकटमा देखिएको छ । पुस १० गते नेपाली कांग्रेसलाई छक्याएर गठबन्धन टुटाउन सफल एमाले राष्ट्रपति निर्वाचनलाई लिएर तनावको अवस्थामा छ ।

    पूर्वसहमतिअनुरूप प्रधानमन्त्री प्रचण्डले एमालेलाई राष्ट्रपति नदिने भएपछि ओली अहिले विभिन्न तुरुप प्रयोग गर्न लागिरहेका छन् । त्यसैमध्येका एक हुन् हिजो ओलीले नामै सुन्न नचाहने माधव नेपाल । अहिले ओली माधव नेपाल फकाउने अभियानमा लागेका छन् ।

    एक साताअघि उनले नेपालसँग गोप्य रूपमा चार घन्टा भेटघाट गरे । सो गोप्य भेटघाटबारे न त ओली, न नेपालले नै बाहिर ल्याए । जब प्रधानमन्त्री प्रचण्डले ओली र नेपालबीच गोप्य भेट भएको र ओलीले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्नसक्ने रहस्य थाहा पाए, तब मात्र यी दुईबीच फेरि चाटाचाटसम्मको सम्बन्ध सुधार भइसकेको खुलेको हो ।

    ओलीसँगै भेटपछि माधव नेपालले प्रचण्डसँग आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेको खुलेको छ । नेपालले आफ्नै पार्टीका नेताहरूसँग समेत छलफल गरेका छैनन् ।

    जबकि चुनावअघि र चुनावको परिणाम सार्वजनिक भएपछि पनि एकीकृत समाजवादीले यदि पार्टीले राष्ट्रपति पाएमा झलनाथ खनाललाई बनाउने निर्णय गरिसकेको छ । त्यही भएर अहिले एमाले अध्यक्ष ओली मात्र होइन, माधव नेपालसमेत खनाललाई बाइपास गरेर जान सक्ने अवस्थामा छैनन् ।

    झलनाथ पहिलेदेखि नै राष्ट्रपतिका आकांक्षी हुन् । विद्यादेवी भण्डारीलाई ओलीले एकाएक राष्ट्रपतिमा प्रस्ताव गरेदेखि झलनाथ खनाल ओलीसँग आक्रोशित हुँदै आएका छन्।

    अहिले एकाएक ओलीले माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि नेपालको राजनीतिमा तरंग मात्र आएको छैन, यसले ठूला नेताहरूबीचको सम्बन्धमा दरार ल्याउने अवस्थासमेत सिर्जना भएको छ ।

    तर ओली र माधव नेपाल मिल्दैमा राष्ट्रपति उनीहरूकै हुने भन्ने होइन । नेपाली कांग्रेस र माओवादीले जसलाई प्रस्ताव गर्छन्, त्यो व्यक्ति नै राष्ट्रपति हुने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend