शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

प्रचण्डको यत्रो खेल माधवलाई राष्ट्रपति बनाउनकै लागि होला ?

प्रचण्डको यत्रो खेल माधवलाई राष्ट्रपति बनाउनकै लागि होला ?

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ९ २०७९

  • 5.4K
    SHARES

  • प्रचण्डको यत्रो खेल माधवलाई राष्ट्रपति बनाउनकै लागि होला ?

    काठमाडौं - तेस्रो राष्ट्रपति को बन्ला भन्ने चर्चा परिचर्चा बढिरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको इन्ट्रीले सनसनी मच्चिएको छ ।

    पुरानो पाँचदलीय गठबन्धन ब्यूँताउने प्रयास भइरहेका बेला माधव नेपालको नाम राष्ट्रपतिमा एमाले अध्यक्ष केपी ओलीबाटै अघि सारिएको प्रचार गरिएको छ ।

    तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । कांग्रेसले औपचारिक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिमा सघाउन प्रस्ताव गरेपछि त्यसलाई विषयान्तर गर्न एमालेको एउटा पक्षले सनसनी समाचार मच्चाएको छ । यसले माधव नेपालमा राष्ट्रपति बन्न मोह पलाएको हो कि भन्ने आशंका बढेको छ ।

    गत माघ २८ गते एकीकृत समाजवादीका अध्यक्ष नेपालले भनेका थिए, ‘राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु । अहिले राष्ट्रपतिको चर्चा छ ।

    प्रत्येक व्यक्ति म हुने भएँ भनेर दंग परेका छन् । सबैलाई पद दिएको छ । म भैहालेँ भन्ने परेको छ । को को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यही ढंगले अघि बढेको छ, मैले संकेतमात्र गरेको हो ।

    धेरै कुरा नभनौं ।’ त्यसको केही दिनपछि नै ओलीले नेपाललाई पार्टी एकतासहितको राष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा चलेको छ । तर सत्य यो हो कि माधव नेपाललाई राष्ट्रपतिको ललिपप देखाएको देखिएको छ ।

    माधव नेपाल सैद्धान्तिक धरातलमा टेकेर राजनीति गर्ने व्यक्ति भने होइनन् । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं २ र रौतहट १ बाट चुनाव हारेका थिए । तर उनलाई राष्ट्रपतिबाट मनोनीत गरेर संविधानसभा सदस्य बनाइयो । पछि उनी प्रधानमन्त्रीसमेत बने ।

    त्यसैले अहिले उनले राष्ट्रपतिका लागि प्रधानमन्त्री प्रचण्डसँग पार्टी एकताको नाटक मञ्चन नगर्लान् भन्ने छैन । किनभने उनको पृष्ठभूमि एमाले नै हो । तर, प्रचण्डले अहिले जसरी राष्ट्रपति राष्ट्रिय सहमतिमै हुनुपर्छ भनेर मध्यमार्गी नेताको छवि देखाएका छन्, त्यो माधवलाई राष्ट्रपति बनाउनकै लागि होला भन्ने धेरैले सोचेका छैनन् ।

    यदि माधव राष्ट्रपति बनेमा त्यसको सबैभन्दा बढी प्रहार प्रचण्डले नै खेप्नुपर्ने हुन्छ । किनभने माधव राष्ट्रपति बनेपछि ओलीसँग उनको सम्बन्ध नरम हुनेछ । साढे दुई वर्षपछि ओली प्रधानमन्त्री बन्ने निश्चित छ ।

    त्यसपछि प्रचण्ड राजनीतिको कर्नरमा पर्ने सम्भावना धेरै छ । नेपाली कांग्रेसलाई अहिले राष्ट्रपति नपाए पनि आकाश नै खस्दैन ।

    किनभने सात वर्ष एमालेको क्याडर राष्ट्रपति कांग्रेसले नखेपेको होइन । तर, ओलीलाई बलियो बनाउनकै लागि प्रचण्डले माधवलाई अघि सार्लान् भन्ने धेरैले कल्पनासमेत गरेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend