शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पद नागरिक उन्मुक्तिको हातमा, एक–दुई मत तलमाथि भए कुर्सी चैट

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पद नागरिक उन्मुक्तिको हातमा, एक–दुई मत तलमाथि भए कुर्सी चैट

  • मिडिया डबली
  • बुधवार, माघ २५ २०७९

  • 2.3K
    SHARES

  • सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पद नागरिक उन्मुक्तिको हातमा, एक–दुई मत तलमाथि भए कुर्सी चैट

    काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

    एमालेको आफ्नै बहुमत नभएकाले मिलिजुली सरकारका मुख्यमन्त्री भएकाले उनले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार आगामी शनिबारभित्र उनले विश्वासको मत लिनै पर्ने हुन्छ । नभए उनको सरकार स्वतः ढल्ने छ ।

    त्यहीकारण रावलले आज विश्वासको मत लिन लागेका हुन् । तर, प्रदेश सभाको अंकगणितअनुसार नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेसम्म सरकारलाई बहुमत पुग्दैन । मंगलबार मात्रै नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ । सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्तापक्षको बहुमत पुग्छ ।

    प्रदेश सभामा प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सांसद छन् । त्यसैले कुर्सी ढल्ने जोखिममा एमालेका मुख्यमन्त्री रावल छन् । मंगलबार पार्टी अध्यक्षसहित बसेको संसदीय दलको बैठकले पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ नभएसम्म सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । त्यसअघि उन्मुक्ति पार्टीका सातै प्रदेश सांसद संरक्षक चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागार पुगेका थिए ।

    अध्यक्ष रञ्जिता श्रेष्ठसहित पार्टीका सांसद र नेताहरू चौधरीलाई भेट्न करिब ११ बजे कारागार पुगेका थिए । करिब पाँच घन्टासम्म भएको छलफलले चौधरीको रिहाइ नभएसम्म विश्वासको मत नदिने निर्णय लिएको हो । बहुमत जुटाएर विश्वासको मत लिन सकसमा रहेका मुख्यमन्त्री रावलले मन्त्रिपरिषद्समेत विस्तार गर्न सकेका छैनन् । उनले नियुक्त गरेका दुई विनाविभागीय मन्त्रीले २५ दिनसम्म मन्त्रालयको जिम्मेवारी पनि पाएका छैनन् ।

    मुख्यमन्त्रीसँगै २८ पुसमा मन्त्रीको शपथ लिएका माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमालेका सन्तोष थापा शर्मा जिम्मेवारीविहीन छन् । मन्त्रिपरिषद् विस्तार र नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री रावलसँगै छ । लामो समय विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकाज प्रभावित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २६ २०७९१०:०८:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend