काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने स्थिति बनेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका हुन् ।
आज धेरै छलफल गर्न सक्ने अवस्था नरहेकाले बैठक लामो नगर्न प्रचण्डले भनेपछि केहीबेर बसेर भोलिका लागि अर्को बैठक तय गरिएको एक नेताले जानकारी दिए । बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ ।
गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ । प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।