काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सभापतिमा रवि लामिछानेलाई पुनः चयन गरेको छ । रास्वपाका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई फेरि गृह मन्त्रीकै रुपमा पठाउने तयारी छ ।
गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने तयारीमा रहेको रास्वपाका एक नेताले बताए । ‘गृह मन्त्रालय नपाए हामी सरकारबाट बाहिरिन्छौं,’ ती नेताले भने, ‘गृह मन्त्रालय हाम्रो बटमलाइन हो । त्यसमा तलमाथि हुँदैन ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृहमन्त्री नियुक्त गर्न दबाब दिइरहेको स्रोतको दाबी छ ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने कुनै पनि हातलमा रविलाई गृहमन्त्री बनाउने पक्षमा देखिएका छैनन्। बालुवाटार स्रोतका अनुसार प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउन चाहान्छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।