शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

राप्रपाका नेता र मन्त्रीहरूबाट प्रधानमन्त्री प्रचण्डमाथि दिनहुँ प्रहार

राप्रपाका नेता र मन्त्रीहरूबाट प्रधानमन्त्री प्रचण्डमाथि दिनहुँ प्रहार

  • मिडिया डबली
  • बिहिवार, माघ १२ २०७९

  • 6.2K
    SHARES

  • राप्रपाका नेता र मन्त्रीहरूबाट प्रधानमन्त्री प्रचण्डमाथि दिनहुँ प्रहार

    काठमाडौं - संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमाथि गत मंगलबार राष्ट्रिय सभामा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएदेखि राप्रपाका नेता र मन्त्री आक्रोशित हुँदै आएका छन् ।

    कानुनमन्त्री ध्रुवबहादर प्रधानले आफ्नो पार्टीले संघीयता खारेज गर्ने र राजतन्त्र स्थापना गर्ने भनी प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए । सोही अन्तर्वार्तालाई लक्षित गर्दै प्रचण्डले संघीयताविरोधी मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

    तर प्रधानमन्त्रीको सो चेतावनीपछि राप्रपाका नेताहरू नै उनीमाथि जाइलागेका छन् । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले त प्रचण्डलाई धम्की दिँदै समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

    उनले प्रचण्डलाई आफ्नो पार्टीले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए राप्रपाले समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । राप्रपाका नेता शरदराज पाठक पनि प्रधानमन्त्री प्रचण्डमाथि खनिएका छन् ।

    उनले प्रधानमन्त्रीलाई नै आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिँदै राप्रपा पार्टी लाइनबाट यताउता नहुने स्पष्ट पारेका छन् । सहरी विकासमन्त्री एवं राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले त आफ्नो पार्टीले संघीयता स्वीकार नगरेको दाबी गरेका छन् ।

    उनले संघीयता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिने कानुनमन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्री प्रचण्डले चेतावनी दिए पनि राप्रपाले त्यसलाई नमान्ने चेतावनी दिएका छन् ।

    बुधबार चितवन पुगेका पाण्डेले पार्टीको सिद्धान्तअनुसार नै मन्त्री र नेताहरूले आ–आफ्ना धारणा राख्ने बताए । ‘हाम्रो पार्टीको अडान छ, हामीले संघीयता स्वीकार गरेको छैनौँ ।

    राजतन्त्रबारे हामीले कुराकानी गरेका छौँ, धर्मनिरपेक्षतालाई विरोध गरेका छौँ । हाम्रो अडान यथावत् छ । जुन किसिमले हामीले सोचेका छौँ, त्यसैअनुसार अघि बढ्ने लक्ष्य छ,’ उनले भनेका छन् ।

    संविधानसँगै आफ्ना एजेन्डा राखेर राप्रपा अघि बढ्ने पाण्डेले बताए । संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वोच्च हुन्छ । मन्त्री भनेको प्रधानमन्त्रीका सल्लाहकार हुन् । तर अहिले मन्त्रीहरूले नै प्रधानमन्त्रीलाई चेतावनी दिनुले यो सरकार धेरै दिन नटिक्ने अनुमान गर्न लागिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend