शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारत हुने

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारत हुने

  • मिडिया डबली
  • बुधवार, माघ ११ २०७९

  • 2.8K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारत हुने

    काठमाडौं - प्रधानमन्त्री पृष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणको तयारीमा लागेका छन् ।

    प्रधानमन्त्रीको विदेश भ्रमण पहिले कहाँबाट गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय गृहकार्यमा लागेको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने निकटस्थ नेताहरूलाई जानकारी गराइसकेका छन् ।

    एक महिनाअघि प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिँदै आफू सहकार्य गर्न इच्छुक रहको बताएका थिए । मोदीको बधाई सन्देश भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेरै हस्तान्तरण गरेका थिए ।

    यसबीचमा वास्तवले दुई तीनपटक प्रधानमन्त्री प्रचण्डलाई भेटिसकेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फागुन तेस्रो साता हुने गरी तयारी अघि बढाइएको स्रोतले जानकारी गराएको छ ।

    भारतीय विदेश सचिव विनयमोहन क्वात्रा फागुनको दोस्रो साता नेपाल भ्रमणमा आउने र त्यही बेला प्रचण्डको भारत भ्रमणको मिति तय हुने बुझिएको छ । तर प्रधानमन्त्री प्रचण्डको पहिलो उच्चस्तरी विदेश भ्रमण अमेरिकाबाट गर्ने पनि प्रयास भइरहेको छ ।

    त्यसका लागि राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड आगामी सोमबार नेपाल भ्रमणमा आउने तय भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend