काठमाडौं– नेपाली कांग्रेसले उपसभामुखको उम्मेदवारका बारेमा सत्तामा नरहेका अन्य दलसँग पनि छलफल गर्ने भएको छ ।
कांग्रेसका शीर्ष नेताको बैठकमा अन्य दलसँग छलफल गर्ने सहमति भएको हो । सत्तामा नरहेका अरु दलले उम्मेदवार नदिए आफ्नै दलबाट उम्मेदवार उठाउने भन्दै बैठकमा केही नाममा छलफल भएको छ । केन्द्रीय सदस्यहरु समेत रहेका सांसदहरु अम्बिका बस्नेत, सरिता प्रसाईं, मुक्ताकुमारी यादव लगायतको नाममा चर्चा भएको थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने विषयमा बढी चर्चा भएको थियो । कांग्रेसले सभामुखमा पनि महिलालाई उम्मेदवार बनाएको थियो ।
संसद सचिवालयले शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र शनिबार उप सभामुखको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । सत्ता गठबन्धनका तर्फबाट उपसभामुख पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।