आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीलाई संसदमै विश्वप्रकाशले दिए मुखभरिको जवाफ

ओलीलाई संसदमै विश्वप्रकाशले दिए मुखभरिको जवाफ

  • मिडिया डबली
  • बिहिवार, माघ ५ २०७९

  • 3.2K
    SHARES

  • ओलीलाई संसदमै विश्वप्रकाशले दिए मुखभरिको जवाफ

    काठमाडौं- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुखमा ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा उनले ओलीलाई त्यस्तो जवाफ दिएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बेला कांग्रेसले माछा मार्न ढोक्सा थापेको र त्यो ढोक्सा रित्तै हुने बताएका थिए । त्यसको जवाफ दिँदै शर्माले कांग्रेस संसदको सबैभन्दा ठूलो दलको नाताको हैसियतले सभामुखमा उम्मेदवारी दिनु कुनै ठूलो नभएको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा माछा मार्न ढोक्सा थापेको भन्न नमिल्ने बताए ।

    उनले ओली आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न नदिने, अहिले प्रचण्ड प्रधानमन्त्री बन्दा आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर पिँजडालाई कसिलो बनाएको भन्दै त्यसो नगर्न आग्रह गरे ।
    शर्माले राष्ट्रपतिमा कांग्रेसले आँखा लगाए पनि त्यसमा नतर्सन सबैलाई आग्रह पनि गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend