आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

नयाँ मन्त्री आउने वित्तिकै स्वास्थ्य मन्त्रालयमा बबण्डर, कर्मचारी तनावमा 

नयाँ मन्त्री आउने वित्तिकै स्वास्थ्य मन्त्रालयमा बबण्डर, कर्मचारी तनावमा 

  • मिडिया डबली
  • बुधवार, माघ ४ २०७९

  • 7.1K
    SHARES

  • नयाँ मन्त्री आउने वित्तिकै स्वास्थ्य मन्त्रालयमा बबण्डर, कर्मचारी तनावमा 

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयमा बबण्डर भएको छ। नयाँ मन्त्री पाउने वित्तिकै मन्त्रालयमा बबण्डर भएको हो। मन्त्रालयमा दुई मन्त्रीबीच विवाद भएको हो।  राज्यमन्त्री डा. तोषिमा कार्कीले मन्त्री पदम गिरीले सदर गरेको फायल मागेर आफू पनि गर्ने बताउँन थालेपछि कर्मचारीमा तनाव बढेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कुनै न कुनै विषयले चर्चा पाइरहने ठाउँ हो । कहिले सचिवका विवाद त कहिले मन्त्रीका विवादले चर्चामा आउने मध्ये पहिलो नम्बरमा पर्छ स्वास्थ्य ।

    मङ्गलवार मात्रै पदबहाली गरेका स्वास्थ्यका मन्त्री र राज्यमन्त्री फरक फरक पार्टीका छन् । सोही कारण उनीहरुबीच विवाद हुने देखिएको हो।  स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘स्वास्थ्यमा विगतमाभन्दा बढी विवाद देखिने शङ्केत हामीले पाएका छौं ।’

    मङ्गलवार पदभार ग्रहण पछि राज्यमन्त्री डा. कार्कीले स्वास्थ्य मन्त्रालयका कर्मचारीसँग मन्त्रीले सदर गरेको फायल मागेकी थिइन् ।  राज्यमन्त्री डा. कार्कीले अधिकार नै नपाउँदै मन्त्रीले निर्णय गरेको फायल माग्न थालेपछि स्वास्थ्य मन्त्रालयका कर्मचारी पनि तनावमा देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ४ २०७९०८:१८:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend