आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

विश्व प्रकाशको दाबीले एमालेको होस् उड्यो, के गर्ला माओवादी? 

विश्व प्रकाशको दाबीले एमालेको होस् उड्यो, के गर्ला माओवादी? 

  • मिडिया डबली
  • बुधवार, माघ ४ २०७९

  • 7.2K
    SHARES

  • विश्व प्रकाशको दाबीले एमालेको होस् उड्यो, के गर्ला माओवादी? 

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा अब आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति चयन हुने जिकिर गरेका छन् । बुधबार नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग शर्माले परिस्थितिमा बदलाव आइसकेको बताए ।

    ‘अहिले धेरै टिप्पणी गर्न जरुरी छैन । किनभने, अहिले सभामुखको निर्वाचनको समय हो । त्यसपछि राष्ट्रपतिको विषयमा कुरा हुनेछ,’ उनले भने, ‘फरक ढंगले हामी गइरहेका छौँ । केही समयपछि शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुनेछ ।’

    ‘वर्तमान सत्ता गठबन्धन भत्कन्छ वा कसरी राष्ट्रपति कांग्रेसको प्रस्तावको व्यक्ति निर्वाचित हुन्छ रु’ भन्ने प्रश्नमा उने सबै कुरा बताउने समय नआएको जवाफ दिए ।

    केही दिनअघि नेकपा माओवादी केन्द्र र कांग्रेसका नेताहरूबीचको छलफलपछि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । त्यसयता कांग्रेस नेताहरूले माओवादीसँग राष्ट्रपतिमा सहमति भएको बताउँदै आएका छन् । माओवादी नेताले भने त्यो विषयमा नबोल्ने वा खण्डन गर्ने गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ४ २०७९०७:५५:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend