काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रवेश गरेका छन् । बुधबार सिंहदरबारमा दलको बैठक जारी रहेका बेला ठाकुर प्रवेश गरेका हुन् ।
बैठकमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरू पनि आउँदै गरेको बताइएको छ ।
सभामुख पदमा उमेदवारी दिने विषयमा औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बसेको हो । कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।