आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड क्याबिनेटमा काण्डैकाण्डवाला मन्त्रीको जमघट

प्रचण्ड क्याबिनेटमा काण्डैकाण्डवाला मन्त्रीको जमघट

  • मिडिया डबली
  • बुधवार, माघ ४ २०७९

  • 3.4K
    SHARES

  • प्रचण्ड क्याबिनेटमा काण्डैकाण्डवाला मन्त्रीको जमघट

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्वकाल सम्झना गर्नलायक बनाउने बताउँदै आएका छन् ।

    दोस्रोपटक विस्तार गरेर २३ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रचण्डका मन्त्रीहरु काण्डैकाण्डमा मुछिएको पाइएपछि अब सुशासनको आश नगरे हुने आमजनताले बताउन थालेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो व्यक्तिगत जीवन र व्यवसायसँग प्रत्यक्ष जोडिएको मन्त्रालयको तालाचाबी बुझेका छन् ।

    सुशासन र पारदर्शिताको नारा दिएर चुनाव जितेर आएका लामिछानेले आफ्नो नागरिकता र राहदानीको विषयमा छानबिन चलिरहेकै बेला छानबिननको तालुकदार गृह मन्त्रालयमै मन्त्री बनेर गएका छन् ।

    लामिछानेले नागरिकताको मुद्दा मिलाउनकै लागि सम्बन्धित मन्त्रालय मागेर जिम्मेवारी लिएको आरोप लागेको छ । निर्माण व्यवसायी पाण्डे सहरी विकासमन्त्री बनेका छन् । उनी कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् ।

    कालिका कन्स्ट्रक्सनले गुणस्तरहीन काम गरेको भन्दै पटक–पटक विवाद हुँदै आएको छ । सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको आरोपमा उनीविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई अर्बको भ्रष्टाचारको आरोप लगाएको थियो ।

    तर, चार वर्षसम्म मुद्दापछि पाण्डेलाई विशेष अदालतले गत असारमा सफाइ दिएको थियो । पाण्डेको कम्पनीले अहिले पनि सहरी विकास र त्यससँग जोडिएका निकायबाट ठेक्का बुझेर दर्जनौँ ठाउँमा काम गरिरहेको छ । श्रम र रेमिट्यान्स सम्बन्धी कारोबारमा संलग्न रहेका डोलप्रसाद (डीपी) अर्यालले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका अर्याल वैदेशिक रोजगार कम्पनी सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालिका लगानीकर्ता हुन् । उनी सो कम्पनीको अन्तर्राष्ट्रिय मार्केटिङ निर्देशक हुन् ।

    त्यसैगरी अर्याल इजीलिंंक नामको रेमिट्यान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफैं पनि विवादास्पद चरित्रका हुन् । उनी अमरिकी सहयोग परियोजना (एमसिसी) को विरोधमा थिए ।

    कुनै पनि हालतमा एमसिसी पारित हुनु हुँदैन भन्ने लिङ्देन अहिले त्यही एमसिसी पारित गर्ने एमाले र माओवादी केन्द्रसँगै सरकारमा छन् । कतिसम्म भने एमसिसी कार्यान्वयन गर्ने ऊर्जा मन्त्रालयकै तालाचाबी उनले बुझेका छन् ।

    रास्वपाले स्वास्थ्य राज्यमन्त्री बनाएकी डा. तोसिमा कार्की पनि स्वार्थ बाझिने गरी तालुकदार मन्त्रालयमा पुगेकी छन् । उनी आफैं डाक्टर हुन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतकै निकायमा कार्यरत मात्र होइन, उनी मेडिकल काउन्सिलकी सदस्यसमेत भइसकेकी छन् । यस्ता व्यक्तिलाई मन्त्रालयको तालाचाबी बुझाउनु गलत भएको आवाज उठेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend