काठमाडौं– नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारीबारे सर्वदलीय बैठक पछि निर्णय लिने भएको छ। संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधबारको लागि राखेको छ ।
कांग्रेसले सभामुख बारे अहिलेसम्म कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सर्वदलीय बैठकको आह्वान गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेपछि निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका बारेमा मंगलबार नै थाहा हुने बताए ।
कांग्रेसले प्रधानमन्त्रीले सर्वदलीय बैठकमा ल्याउने प्रस्ताव हेरेर निर्णय गर्ने छ । ‘बुधबार साँझसम्म सभामुखमा उम्मेदवार दिने नदिने निर्णय लिन्छौं,’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने ।
कांग्रेस नेताहरुका अनुुुसार पार्टीको प्रमुख रुची राष्ट्रपतिका लागि छ । सभामुख कांग्रेसले प्राप्त हुने अवस्था बनेमा उपसभापति पूर्णबहादुर खड्का र नेता अर्जुनरसिंह केसी उक्त पदका आकांक्षी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।