आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, उद्धार कार्य तिव्र पार्न सरकारलाई आग्रह 

कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, उद्धार कार्य तिव्र पार्न सरकारलाई आग्रह 

  • मिडिया डबली
  • आइतवार, माघ १ २०७९

  • 2.1K
    SHARES

  • कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, उद्धार कार्य तिव्र पार्न सरकारलाई आग्रह 

    काठमाडौं– पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। कांग्रेसले विज्ञप्ती जारी गरेर दुःख व्यक्त गरेका हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरेर सभापति शेरबहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको जनाएका छन्। देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्य तिव्र बनाउन सरकारलाई आग्रह गरेका छन्। 

    ‘काठमाडौंबाट पोखराका लागि आज बिहान १०ः३० बजे उडेको चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘साथै, सभापति श्री शेरबहादुर देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्यलाई तीव्र पार्न सरकार लगायत सम्वद्ध पक्षसँग आग्रह गर्नु भएको छ ।’  

    देउवाले घटनामा परी निधन भएका प्रति श्रद्धान्जली अपर्ण गरेका छन्। ‘घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ,’ विज्ञप्तीमा उल्लेख छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend