काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय विवादमा परेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित चारजनाले लिखित असहमति जनाएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् । उनीहरूले विगतमा गठबन्धन तोडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिनु कांग्रेसका लागि अलोकप्रिय हुने भन्दै लिखित असहमति जनाएका हुन् ।
उनीहरूले कांग्रेस प्रतिपक्षमा बसेर सशक्त रुपमा भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । तर, बहुमतका आधारमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
आगामी राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसले यस्तो निर्णय लिएको हुन सक्ने एक केन्द्रीय सदस्यले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।