आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेस नेता उपाध्यायले गरे यस्तो खुलासा, यस्तो रहेछ ओलीको प्लान  

कांग्रेस नेता उपाध्यायले गरे यस्तो खुलासा, यस्तो रहेछ ओलीको प्लान  

  • मिडिया डबली
  • शनिवार, पौष २३ २०७९

  • 3.4K
    SHARES

  • कांग्रेस नेता उपाध्यायले गरे यस्तो खुलासा, यस्तो रहेछ ओलीको प्लान  

    बुटवल–  नेपाली कांग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदुत दीपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिने बताएका छन् ।

    शनिबार बुटवलमा पत्रकारहरुसंग बोल्दै उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख पाउन प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि विश्वासको मत दिएपछि साथ छोड्ने दावी गरे । ‘राष्ट्रपति र सभामुख पाउन ओलीजीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभएको हो’, उपाध्यायले भने, ‘अब एमालेले विश्वासको मत पनि दिन्छ तर आफ्नो स्वार्थ पूरा भएपछि प्रचण्डलाई धोका दिन्छ ।’

    उपाध्यायले प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा शंका समेत व्यक्त गरे । दलहरुभित्र भागवण्डा, गुटबन्दी र नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले विरक्त भएर आफू सक्रिय राजनीतिबाट बिश्राम लिएको समेत उनले बताए ।

    नेता उपाध्यायले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनीति भन्दा सत्ता स्वार्थ हावी भएको टिप्पणी गरे ।

    उनले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्ने रहेपनि विदेशी शक्तिहरुको स्वार्थ र प्रभावमा धर्मनिरपेक्षता र संघीयता स्थापित गरेर देशमा अस्थिरता ल्याउने काम गरेको बताए । उनले राजनीतिक दलहरुको दूरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरुले चलखेल गरेकाले राष्ट्रियता संकटमा परेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend