आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसले साँध्यो रहस्यमय मौनता, के हो कारण? 

कांग्रेसले साँध्यो रहस्यमय मौनता, के हो कारण? 

  • मिडिया डबली
  • शनिवार, पौष २३ २०७९

  • 5.3K
    SHARES

  • कांग्रेसले साँध्यो रहस्यमय मौनता, के हो कारण? 

    काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवासहित केन्द्रीय सदस्य सम्मिलित बैठक आगामी २६ पुस बिहान पुनः बस्ने गरी टुंगिएको कांग्रेसले बताएको छ। बैठकमा समसामयिक राजनीतिबारे चर्चा भए पनि २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने विषयबारे कुनै निर्णय गरिएन। 

    बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सबै तहका नेता, कार्यकर्ता र नागरिकलाई धन्यवाद दिएको छ। यस्तै, बैठकले ४ मंसिरको निर्वाचनमार्फत कांग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित गर्ने मतदाताप्रति आभार व्यक्त गरेको छ।

    स्थानीय तह निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा पार्टीले निवर्तमान सरकार (देउवा)लाई बधाइ दिएको छ। प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका वहन गरी जनताको विश्वास र पार्टी पदाधिकारीको अपेक्षाबमोजिम काम गर्ने पार्टी अब एकढिक्का हुने निर्णय बैठकले गरेको छ।

    कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी प्रशासन, नागरिक समाज, बुद्धिजीवी र निर्वाचनमा संलग्न सबैको भूमिकाको उच्च सराहना गरेको छ। निर्वाचनको समय जनतालाई निरन्तर सुसूचित गर्ने सम्पूर्ण सञ्चार माध्यमप्रति पनि बैठक सम्मान व्यक्त गरेको छ।

    बैठकले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ भने कांग्रेस नेता एवं संविधानसभा सदस्य कुलबहादुर आले र पूर्वसांसद मैयादेवी श्रेष्ठको निधनप्रति शोक व्यक्त गरेको छ। निर्वाचनका क्रममा बाजुराको त्रिवेणी नगरपालिका–७ को मतदान केन्द्रमा प्रहरीको गोलीबाट मृत्यु भएका नेविसंघ नेता सञ्जीव ऐडीको मृत्युप्रति शोक व्यक्त गर्दै बैठक समापन भएको कांग्रेस नेता चन्द्र भण्डारीले बताए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend