आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रचण्डको सरकार ढाल्न कांग्रेसले थाल्यो कसरत, राजेन्द्र लिङ्देनलाई गर्यो यस्तो प्रस्ताव 

प्रचण्डको सरकार ढाल्न कांग्रेसले थाल्यो कसरत, राजेन्द्र लिङ्देनलाई गर्यो यस्तो प्रस्ताव 

  • मिडिया डबली
  • बिहिवार, पौष २१ २०७९

  • 9.6K
    SHARES

  • प्रचण्डको सरकार ढाल्न कांग्रेसले थाल्यो कसरत, राजेन्द्र लिङ्देनलाई गर्यो यस्तो प्रस्ताव 

    काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको छ।

    पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको हो।

    २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ। एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर निकाल्नसके दाहाल नेतृत्वको सरकार तत्कालै ढाल्न सकिने विश्लेषण गर्दै कांग्रेस सभापति देउवाले लिङ्देनलाई प्रधानमन्त्री नै अफर गरेका हुन्।

    राप्रपाका एक नेताले देउवाबाट प्रधानमन्त्रीको प्रस्ताव आएको पुष्टि गर्दै भने, ‘प्रधानमन्त्रीको प्रस्ताव आएको हो। यस विषयमा हामीले निर्णय गरिसकेका छैनौँ।’

    ती नेताले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरिसकेकाले उसले आफ्ना माग पूरा गरेको अवस्थामा उनैलाई विश्वासको मत दिने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend