काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले पुस २३ गतेका लागि संसदीय दलको बैठक बोलाएको हो। तर, केन्द्रीय समितिको बैठक भने कांग्रेसले सारेको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते प्रारम्भ हुने भएकाले संसदीय दलको बैठक बोलाइएको हो। बैठक पुस २३ गते संसदीय दलको कार्यालय सिंहदरबारमा १ बजे बस्नेछ । यस्तै पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक भने पुस २८ गते १ बजे बस्ने भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।