आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

सरकारबाट बाहिरिएको १० दिनपछि कांग्रेसले आज मुख खोल्ने

सरकारबाट बाहिरिएको १० दिनपछि कांग्रेसले आज मुख खोल्ने

  • मिडिया डबली
  • बुधवार, पौष २० २०७९

  • 4.1K
    SHARES

  • सरकारबाट बाहिरिएको १० दिनपछि कांग्रेसले आज मुख खोल्ने
    फाइल तस्बिर

    काठमाडौं - सत्ताबाट बाहिरिएको १० दिनपछि बल्ल नेपाली कांग्रेसले मुख खोल्ने भएको छ ।

    कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन बुधबार (आज) पत्रकार सम्मेलन गर्न लागेको हो ।

    पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरक फरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कांग्रेसले धारणा सार्वजनिक गर्न लागेको हो ।

    डेढ वर्ष सरकारमा रहँदा भएगरेका काम, निर्वाचनमा ठूलो पार्टी बनाएको जस्ता विषयमा नेपाली कांग्रेस नेतृत्वको सरकारले धन्यवादसमेत नदिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

    कतिसम्म भने आफ्नो सरकारले गरेका कामबारे तत्कालीन प्रधानमन्त्री शरबहादुर देउवाले जनतालाई सम्बोधन गर्ने वा पत्रकार सम्मेलनमार्फत धन्यवाद दिने अपेक्षा सबैले गरेका थिए ।

    तर, देउवाको सल्लाहकार टिम गतिलो नभएकाले जनताका अपेक्षा पूरा हुन सकेन । तर, आज भने कांग्रेसले पुस २२ गते बस्ने केन्द्रीय समिति बैठकलगायत समसामयिक राजनीतिक विषयवस्तुबारे पत्रकार सम्मेलनमा आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend