आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस, के हो कारण?

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस, के हो कारण?

  • मिडिया डबली
  • मंगलवार, पौष १९ २०७९

  • 2.4K
    SHARES

  • सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस, के हो कारण?

    कैलाली– आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ । संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी छन् ।

    कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी र प्रदेशसभाका सदस्यको उपस्थितिमा मंगलबार धनगढीमा बसेको अनौपचारिक बैठकमा संसदीय दलको नेता छनोटका लागि छलफल भएको थियो । कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह ‘मनु’ले बैठकमा संसदीय दलको नेताका आकांक्षीलाई आपसमा सहमति गरेर दलको नेताको नाम टुङ्ग्याउन आग्रह गरिएको जानकारी दिए । उनले भने, ‘आकांक्षीलाई आजै सहमति गर्नुस् भनेका छौँ, सहमति भएन भने भोलि निर्वाचन प्रक्रियामा जान्छौँ भनेका छौँ ।’ 

    सुदूरपश्चिम प्रदेशसभामा अन्य राजनीतिक दलले आफ्नो पार्टीको संसदीय दलको नेता छनोट गरिसकेका छन् ।

    ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्र का ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्रका एक–एक जनाको प्रतिनिधित्व छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भइसकेको छ ।  
     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend