आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

संसदीय दलको नेता छान्न छलफल गर्दै सुदुरपश्चिम कांग्रेस

संसदीय दलको नेता छान्न छलफल गर्दै सुदुरपश्चिम कांग्रेस

  • मिडिया डबली
  • मंगलवार, पौष १९ २०७९

  • 1.3K
    SHARES

  • संसदीय दलको नेता छान्न छलफल गर्दै सुदुरपश्चिम कांग्रेस
    फाइल तस्वीर

    धनगढी– सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठक बोलाएको छ ।

    मंगलबार बिहान धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।


    कांग्रेस सुदूरपश्चिमका महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य मेघराज खड्काले संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।

    कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रदेश बाहिर भएकाले बैठक उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बस्ने खड्काले बताए ।


    बैठकमा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरुलाई समेत बोलाइएको छ । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनबाट १९ सिटसहित सुदूरपश्चिम प्रदेश सभामा पहिलो दल बनेको कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

    कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, कमल शाह र पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा आकांक्षी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend