शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

प्रधानमन्त्री भएको २४ घन्टामा रेशमलाई जेलबाट निकाल्छु भनेका प्रचण्ड अहिले नामसमेत सुन्न चाहँदैनन्

प्रधानमन्त्री भएको २४ घन्टामा रेशमलाई जेलबाट निकाल्छु भनेका प्रचण्ड अहिले नामसमेत सुन्न चाहँदैनन्

  • मिडिया डबली
  • सोमवार, पौष १८ २०७९

  • 3.2K
    SHARES

  • प्रधानमन्त्री भएको २४ घन्टामा रेशमलाई जेलबाट निकाल्छु भनेका प्रचण्ड अहिले नामसमेत सुन्न चाहँदैनन्

    काठमाडौं- सत्ताको कुर्सी भनेको के रहेछ भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमाणित गरेका छन् । एउटा दलसँग चुनावी सहकार्य गरी सांसद बनेर अर्को दलको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले आफू भाषणभन्दा काम गर्ने भन्दै फूर्ति लगाउँदै हिँडेका छन् ।

    निर्वाचनको मतपरिणाम आएलगत्तै प्रचण्ड डिल्लीबजार कारागारमा रहेका रेशमलाल चौधरीलाई भेट्न पुगेका थिए । उनीपछि बाबुराम भट्टराई, माधवकुमार नेपालले पनि चौधरीलाई भेटेका थिए । प्रचण्डले सत्तागठबन्धनलाई सहयोग गर्न आग्रह गरे । उनले नागरिक उन्मुक्ति पार्टीलाई सरकारलाई समर्थन गरिदिन अनुनय विनय मात्र गरेनन्, आफू प्रधानमन्त्री भएको २४ घन्टामै चौधरीलाई जेलबाट निकाल्नेसमेत दाबी गरेका थिए ।

    चौधरीलाई जेलमा भेट्न जाँदा प्रचण्ड कांग्रेस गठबन्धनमै थिए । तर उनी पछि एमालेको समर्थनमा प्रधानमन्त्री बने । उनलाई प्रधानमन्त्री बनाउन चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन जनायो । नागरिक उन्मुक्तिका तीन र स्वतन्त्र एक गरी चार सांसद छन् । तर प्रधानमन्त्रीको शपथ खाएको आठ दिन बितिसक्दा पनि प्रचण्डले रेशमको नामसमेत सुन्न चाहेका छैनन् ।

    आफूलाई प्रधानमन्त्री भएको २४ घन्टामै जेलबाट निकाल्छु भनेका प्रचण्डले अहिलेसम्म खोजखबर नगरेपछि रेशम उनीसँग आगो भएका छन् । यदि चाँडै जेलबाट ननिकाले चौधरीले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने मात्र होइन, सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने भएका छन् । त्यसबारे पार्टीका नेताहरुसँग उनले छलफल सुरु गरिसकेको बताइन्छ ।

    सुदूरपश्चिममा सबैभन्दा ठूलो दल कांग्रेस बनेको छ । त्यसपछि माओवादी छ । माओवादीले खगराज भट्टलाई मुख्यमन्त्री बनाउन दलको नेता चयन गरेको छ । तर चौधरी प्रकरणले कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको सरकार बन्ने सम्भावना प्रबल बन्दै गएको छ । कांग्रेस १९ र नागरिक उन्मुक्तिको सात गरी २६ सांसद हुन्छन् । सरकार बनाउन थप एक सिट ल्याउन सके कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना जिउँदै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend