आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

राष्ट्रिय मेलमिलाप दिवसकै बेला कांग्रेसमा विलाप

राष्ट्रिय मेलमिलाप दिवसकै बेला कांग्रेसमा विलाप

  • मिडिया डबली
  • शनिवार, पौष १६ २०७९

  • 1.7K
    SHARES

  • राष्ट्रिय मेलमिलाप दिवसकै बेला कांग्रेसमा विलाप

    काठमाडौं - २०३३ सालमा आजकै दिन राष्ट्र र प्रजातन्त्रको रक्षाका लागि बीपी कोइराला, गणेशमान सिंह, खुमबहादुर खड्कालगायतका नेताहरू आफ्नो ज्यानको जोखिमको पर्वाह नगरी निर्वासनबाट स्वदेश फिर्ता भएका थिए ।

    त्यही भएर पुस १६ गतेका दिनलाई कांग्रेसले राष्ट्रिय मेलमिलाप र एकताको दिवसका रुपमा मनाउँदै आएको छ । तर, राष्ट्रिय मेलमिलाप दिवसका दिन कांग्रेसमा भने विलाप चलेको छ ।

    हातमा आइसकेको सत्ता पार्टी सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरूकै अदूरदर्शी सोचका कारण गुमेपछि कांग्रेसमा अहिले विलापको सिजन चलिरहेको छ । राष्ट्रिय मेलमिलाप दिवसका दिन सधैं कांग्रेसले औपचारिक कार्यक्रम गर्दै आएको थियो ।

    कांग्रेसका नेताहरूले बीपी कोइरालालगायतका नेताहरूको योगदान सम्झने गर्थे । यसले पार्टीमा एकताको भावना जागृत गर्ने गथ्र्यो । तर, यसपटक भने कांग्रेस नेताहरू आपसमै विभाजित भएका छन् ।

    हातमा आइसकेको सत्ता गुमेपछि अहिले कांग्रेसका नेताहरू सार्वजनिक कार्यक्रममा देखिनसमेत छाडेका छन् । शनिबार बिहानैदेखि कांग्रेसका शीर्ष नेताहरूले सामाजिक सञ्जालमा राष्ट्रिय मेलमिलापको बारेमा चर्चा परिचर्चा गरे पनि आपसमा भेटेर कुराकानी गर्ने, छलफल गर्ने, संवादको पहल गर्न सकेका छैनन् ।

    जसले गर्दा आमकांग्रेसीजन दुःखी देखिएका छन् । कतिसम्म भने सभापति देउवालाई प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्नु हुन्न भनेर सल्लाह दिने नेताहरू अहिले उनलाई भेट्नसमेत जान छाडेको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend