आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

नेता चौरासिया भन्छन्– कांग्रेस गठबन्धनप्रति इमान्दार रह्यो, प्रचण्डले धोका दिए

नेता चौरासिया भन्छन्– कांग्रेस गठबन्धनप्रति इमान्दार रह्यो, प्रचण्डले धोका दिए

  • मिडिया डबली
  • शुक्रवार, पौष १५ २०७९

  • 9.1K
    SHARES

  • नेता चौरासिया भन्छन्– कांग्रेस गठबन्धनप्रति इमान्दार रह्यो, प्रचण्डले धोका दिए

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलगायतका दलहरुसँग मिलेर सरकार गठन गरेका छन्।

    प्रचण्डले चुनावअघिको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँदै सरकार गठन गरेपछि कांग्रेसमा सभापति शेरबहादुर देउवाको आलोचना भइरहेको छ। पार्टीभित्रै एक पक्षले सभापतिले ‘हात आएको सत्ता पनि गुमाएको’ भन्दै उनको आलोचना गरिरहेका छ्न्।

    तर, यसअघि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिबाट सर्वसम्मतिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउने निर्णय गरेको थियो। सभापति देउवाले उक्त निर्णय कार्यान्वयन गराउनकै लागि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पहल गरेको अर्को पक्षको भनाइ छ।

    कार्यसम्पादन समितिको सो निर्णय प्रक्रियामा सहभागी पार्टीकै जिम्मेवार पदमा रहेका केही नेताहरूले आफू पन्छिनका लागि सभापति देउवालाई देखाएर आलोचना गरिरहेका उनीहरूको दाबी छ।

    २०७७ पुस ५ मा केपी ओलीले संसद् विघटन गर्दै मध्यावधिमा जाने निर्णय गर्दा कांग्रेसकै जिम्मेवार नेताहरुले सभापति देउवालाई प्रधानमन्त्री बनिदिनुपर्छ भन्दै दबाब सिर्जना गरेका थिए।

    सभापति देउवाले आफू प्रधानमन्त्री बन्दिन र जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्‍न म्यान्डेट दिएको भन्दा पनि देउवाको आलोचना गरेका थिए। तर, अहिले सबैभन्दा ठूलो पार्टीको हैसियतमा कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भन्दा पनि देउवाको आलोचना गरिरहेका छन्।

    पार्टीभित्रका द्वैध चरित्रका केही व्यक्तिहरुले देउवामाथि दोष लगाइरहेको उनीहरूको आरोप छ। नेपाली कांग्रेसका नेता तथा सांसद अजय चौरसियाले पाँच दलीय गठबन्धनको अपनत्व सम्पूर्ण कांग्रेसले लिनुपर्ने बताएका छन्।

    उनले भने, ‘पार्टी सभापति मध्यावधिमा जाउभन्दा प्रतिगमन भयो भनेर आफ्नै साथीहरुले रोक्नु भयो एवं गठबन्धनको सरकार बनाउन पहल गर्नु भयो, राजनीति इमानदारिता निर्वाह गर्दै सत्ता गठबन्धनलाई साथ दिनु कांग्रेसको दायित्व सभापतिज्यूले निर्वाह गर्नुभयो।’

    उनले प्रचण्डको अस्थिर चरित्रले देशलाई नै धोका हुनसक्ने भएका कारण र देशको ठूलो दलको हैसियतले देउवाले प्रधानमन्त्री माग गर्नु सही भएको चौरसियाको टिप्पणी छ। उनले थप भनेका छन्, ‘८९ सांसद हुने पहिलो दलको नेताले प्रधानमन्त्री चाहिन्छ भन्दा हठ हुने ? दम्भ हुने ? र ३२ सांसद हुने दलका नेताले प्रधानमन्त्री चाहिन्छ भन्दा स्वाभाविक हुने। हामी कस्तो भाष्य निर्माण गर्दैछौ ? इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाडेन।’

    गठबन्धन भत्किनुमा काग्रेस नभई प्रचण्डको अस्थिर चरित्र रहेको चौरसियाको बिश्लेषण छ। ‘प्रचण्डजी एमालेसङग समान्तार रूपले कुराकानी गरिरहेका थिए, उहाँहरूको सेटिङ पहिले नै मिलिसकेको थियो, कांग्रेससँँगको गठबन्धन तोडेर बामहरू एक हुने पूर्वयोजनाअनुरूप हालको परिस्थिति निर्माण भएको हो,’ चौरसियाले भने।

    यद्यपि यो सरकार निकै कमजोर रहेको र जुनसुकै बेला ढल्न सक्ने उनको प्रक्षेपण छ। साना साना पार्टीको कमजोर टेकोमा अडिएको यो सरकार धेरै नटिक्ने उनको दाबी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १५ २०७९१२:१०:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend