आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

जिम्मेवारी नदिएर चार मन्त्रीको हुर्मत लिइँदै, चुलिँदै असन्तुष्टि

जिम्मेवारी नदिएर चार मन्त्रीको हुर्मत लिइँदै, चुलिँदै असन्तुष्टि

  • मिडिया डबली
  • शुक्रवार, पौष १५ २०७९

  • 4.3K
    SHARES

  • जिम्मेवारी नदिएर चार मन्त्रीको हुर्मत लिइँदै, चुलिँदै असन्तुष्टि

    काठमाडौं - नेपाली समाजवामा ८ वा १२ अंकलाई शुभ मानिन्न । विदेशतिर पनि सकभर ८ वा १२ अंक छल्ने गरिन्छ । तर नेपालमा भने नयाँ सरकारमा प्रधानमन्त्रीसहित आठ सदस्यीय छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । उनले १८ मन्त्रालयको जिम्मा लिएका छन् । अन्य सात मन्त्रीमध्ये तीनजनाले जिम्मेवारी पाएका छन् । तर, चार मन्त्री भने अहिले बधाई खाएरै दिन बिताइरहेका छन् ।

    प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको पाँच दिन भइसक्यो । पौडेल र लामिछाने भने फुलफेलेज एक्सनमा उत्रिसके ।

    श्रेष्ठ भने वरीयताको किचलो निकालेर मन्त्रालय गएका छैनन् । तर, उनीहरूसँगै नियुक्ति भएका चार मन्त्री भने अझै जिम्मेवारीविहीन छन् । यतिबेला प्रधानमन्त्री प्रचण्ड भन्दा गृहमन्त्री लामिछानेको जताततै चर्चा छ । प्रचण्ड भने गुमनाम जस्तै भएका छन् ।

    अबको साढे दुई वर्ष प्रचण्ड भन्दा लामिछानेकै धेरै चर्चा हुने देखिएको छ । आठ सदस्यीय मन्त्रिपरिषदमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्रकुमार राई तथा जनमत पार्टीका तर्फबाट अब्दुल खान मन्त्रालयको पछि टुंगो लगाउने गरी विनाविभागीय मन्त्री छन् ।

    सिंहदरबारमा मन्त्रालयको टुंगो नहुँदा उनीहरू मन्त्रीक्वार्टर, पार्टी कार्यालय वा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै समय बिताउन बाध्य छन् । केपी ओली प्रधानमन्त्री भएका बेला पनि यसरी नै मन्त्रीहरुको हुर्मत लिने गरिन्थ्यो । मन्त्रालयको भूमिका निभाइरहेका मन्त्रीलाई जिम्मेवारी खोसेर ओलीले विना विभागीय बनाएर राख्थे । ईश्वर पोखरेल त्यसको ज्वलन्त उदाहरण हुन् ।

    अहिले प्रचण्ड प्रधानमन्त्री हुँदा पनि चार मन्त्रीले अझै कम्तीमा १५ दिन विना विभागीय भएर बस्नुपर्ने संकेत देखिएको छ । जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले जिम्मेवारी नपाउँदा अप्ठ्यारो महसुस भइरहेको बताइसकेका छन् ।

    ‘शपथ खाइयो, क्याबिनेट बैठक पनि बसियो, तर त्यसपछि केही गर्न सकिएको छैन,’ उनको भनाइ छ, ‘अरू मन्त्रीहरूले काम गरेको देख्दा आफू पनि सुरु गरिहालौँ भन्ने चाहना त हो । तर, जिम्मेवारी तय नहुँदा अप्ठ्यारो लाग्ने रहेछ । दिन कटाउन सकस हुने रहेछ । चाँडै जिम्मेवारी पाइयोस् भनेर पार्टी अध्यक्षलाई भनेको छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend