आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रचण्ड सरकारलाई लिएर भारतीय विदेश मन्त्रालयले दियो यस्तो अभिव्यक्ति 

प्रचण्ड सरकारलाई लिएर भारतीय विदेश मन्त्रालयले दियो यस्तो अभिव्यक्ति 

  • मिडिया डबली
  • बिहिवार, पौष १४ २०७९

  • 4.0K
    SHARES

  • प्रचण्ड सरकारलाई लिएर भारतीय विदेश मन्त्रालयले दियो यस्तो अभिव्यक्ति 

    काठमाडौं–  भारतीय विदेश मन्त्रालयले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ ।

    बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्ने बताएका हुन् ।

    नेपालमा चुनावपछि बनेको नयाँ सरकार र यहाँको राजनीतिक परिस्थितिका बारेमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासको जवाफ दिँदै बाग्चीले प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले बधाई दिएको विषयमा जानकारी गराए । मोदीले दिएको बधाईको जवाफमा प्रचण्डले पनि दुई देशको बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनले जानकारी दिए ।

    ‘सांस्कृतिक सम्बन्ध र हाम्रो द्विपक्षीय सम्बन्धलाई अझँ कसरी मजबुत गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राख्ने काम भयो,’ प्रवक्ता बाग्चीले भने । उनले भारत नेपालमा गठन भएको नयाँ सरकारसँग काम गर्न उत्सुक रहेको बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend