आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डमाथि जसपा, राप्रपा र नागरिक उन्मुक्तिको तरबारको धार

प्रचण्डमाथि जसपा, राप्रपा र नागरिक उन्मुक्तिको तरबारको धार

  • मिडिया डबली
  • मंगलवार, पौष १२ २०७९

  • 3.9K
    SHARES

  • प्रचण्डमाथि जसपा, राप्रपा र नागरिक उन्मुक्तिको तरबारको धार

    काठमाडौं - अनेक तिकडमबीच प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै राम्रोसँग हाँस्न सकेका छैनन् ।

    सोमबार दिनभरि उनको अनुहार मलिन नै थियो । पद तथा गोपनीयताको शपथ खाँदा पनि उनको अनुहार कालोनीलो थियो ।

    चुनावमा गठबन्धन गरेर गएपछि उनले कांग्रेस, एकीकृत समाजवादीकै नेताहरुसँग झगडा गरेर भए पनि प्रधानमन्त्री लिनुपथ्र्यो ।

    तर उनी एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री भएकाले उनले नैतिकता गुमाएका हुन् । सोही कारण उनी राम्रोसँग खुल्न नसकेका हुन् । त्यसमाथि सातवटा पार्टी र तीन स्वतन्त्र सांसदको समर्थनमा उनी प्रधानमन्त्री बनेका छन् ।

    अहिलेसम्म उनको सरकारमा एमाले, माओवादी, रास्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरु मात्र सामेल छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी तत्काल प्रचण्ड सरकारमा नजाने भएका छन् ।

    सात दलको समर्थन प्राप्त गरेका प्रचण्डले सोमबार प्रधानमन्त्री पदको शपथ लिँदा एमाले, माओवादी राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीबाट गरी कुल आठजना मन्त्रीले पनि शपथ लिएका थिए । तर, राप्रपा, जसपा र नागरिक उन्मुक्तिबाट भने तत्काल सरकारमा सहभागी नहुने भएपछि प्रचण्ड तनावमा परेका छन् ।

    राप्रपाको त्यति भर छैन । किनभने राप्रपा एमाले अध्यक्ष केपी ओलीको निर्देशनअनुसार चल्ने पार्टी हो । जसपाले राजनीतिक समितिको अर्को साता बस्ने बैठकले सरकारमा जाने नजाने ठोस निर्णय गर्नेछ ।

    जसपामा अध्यक्ष उपेन्द्र यादव मधेस प्रदेशमा मुख्यमन्त्री आफ्नो पार्टीले पाएमा मात्र सरकारमा जाने मनस्थितिमा छन् । तर अशोक राई भने तत्काल जानुपर्ने पक्षमा छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

    सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्न बैठक बोलाइएको हो । राप्रपाका लागि प्रचण्डले उपप्रधानमन्त्री र रोजेको मन्त्रालय लिन आग्रह गरेका छन् । तर अहिले सरकारमा जाँदा परफरमेन्स राम्रो नभएमा अर्को चुनावमा राप्रपा पहिलेकै अवस्थामा जाने निश्चित छ ।

    राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने बटमलाइन बनाएको छ । नागरिक उन्मुक्ति पार्टीले भने रेशम चौधरी रिहाका लागि बटमलाइन बनाएको छ । जबकि चौधरी रिहा गर्न सर्वोच्च अदालतको आदेश बाधक छ ।

    त्यही आदेश छल्ने गरी अघिल्लो सरकारले अध्यादेश जारी गरेको थियो । त्यो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेर राखेकी छन् ।

    राप्रपा १४, जसपा १२ र नागरिक उन्मुक्ति पार्टीको चार गरेर अहिले ३० सांसद बाहिर छन् । यदि विश्वासको मत लिने बेला यी सांसदले मत दिएनन् भने प्रचण्डको सरकार त्यही बेला ढल्ने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend