काठमाडौं - राजनीति बडो विचित्रको हुन्छ । दुई महिनाअघिसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई चितवन ३ मा उठ्नसमेत नदिएर गोरखा २ जान बाध्य बनाएका रवि लामिछाने अहिले उनकै अन्डरमा बसेर काम गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सामेल हुँदैछ । उनकै नेतृत्वमा पार्टी सरकारमा जाने भएको छ । चितवन ३ मा प्रचण्ड उठेमा आफू पनि त्यहीँबाट उठ्ने भन्दै लामिछानेले तयारी गरेका थिए ।
यदि लामिछाने उठेमा आफू पराजित हुने सम्भावना देखेरै प्रचण्ड गोरखा २ पुगेका थिए । प्रचण्ड गोरखा गएपछि लामिछाने पनि चितवन २ मा गए । चितवन ३ मा विक्रम पाण्डेले चुनाव जिते ।
चितवन २ बाट ४९ हजार मत ल्याएका लामिछाने अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन लागिपरेपछि हिजो घन्टी घन्टी भन्दै हिँडेकाहरूले पश्चाताप गरेका छन् ।
आखिरमा रवि पनि कम्युनिस्ट नै रहेछन् भनेर चर्चा हुन थालेको छ । केपी ओली र प्रचण्डले बोलाउँदैमा खुरुक्क बालकोट पुग्ने रवि लामिछानेको हैसियत अबको निर्वाचनले देखाउने निश्चित छ । किनभने उनले पाएको मत सबै कांग्रेसको नै हो ।
कांग्रेसमा असन्तुष्टिको फाइदा उठाएर २० सिट जितेका लामिछानेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि उनको आलोचना हुन थालेको छ । रवि र छवि (प्रचण्ड) दुवैलाई देवत्वकरण गर्नेहरू अहिले लोकतान्त्रिक पार्टी कांग्रेसलाई चुनावमा पाखा लगाएमा पश्चाताप गर्न थालेका छन् ।
अब प्रचण्डको सरकारमा रविले के गर्लान् भन्ने चासो चौतर्फी देखिएको छ । प्रचण्ड लहडमा निर्णय गर्ने नेता हुन् । उनको रिमोट कन्ट्रोल केपी ओलीको हातमा छ ।
हिजो ओली र प्रचण्डलाई सत्तोश्राप गर्ने रवि अहिले उनकै अन्डरमा चल्न थालेपछि रास्वपामा ठूलो असन्तुष्टि देखिएको छ । गणेश कार्कीलगायतका नेताहरूले रविको निर्णयप्रति आपत्ति जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।