आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसमा आज रमिता छ

कांग्रेसमा आज रमिता छ

  • मिडिया डबली
  • सोमवार, पौष ११ २०७९

  • 8.2K
    SHARES

  • कांग्रेसमा आज रमिता छ
    फाइल तस्बिर

    काठमाडौं - डेढ वर्षअघि कांग्रेस शानदार ढंगले सरकारको नेतृत्वमा पुग्यो । प्रत्यक्षमा २३ सिट जिते पनि समानुपातिकमा ४० सिट प्राप्त गर्दै दोस्रो ठूलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वमा तीनै तहको चुनाव गरायो ।

    स्थानीय तहमा तीन सय २९ सिट जित्यो । प्रदेशमा एक सय ११ र प्रतिनिधिसभामा ५७ सिट जित्दै सबैभन्दा ठूलो दलको रूपमा स्थापित बन्यो । तर ठूलो दल बनेको कांग्रेस एकै झड्कामा प्रतिपक्षमा मात्र पुगेको छैन, भएभरका सबै मौका र अवसर गुमाउन पुगेको छ ।

    नेतृत्व दूरदर्शी भएन भने राजनीतिमा कस्तोसम्म क्षति बेहोर्नुपर्छ भन्ने कांग्रेसको नेतृत्वमा अहिले बसेका नेताहरूले पुष्टि गरेका छन् । आफ्नै सहयात्री दलका नेतालाई प्रधानमन्त्री पद दिन कञ्जुस्याइँ गर्दाको परिणाम अब कांग्रेसले पाँच वर्ष बेहोर्नुपर्ने अवस्था आएको छ ।

    कम्तीमा अब पाँच वर्ष कांग्रेस सत्ता बाहिरै बस्ने निश्चित छ । त्यति मात्र होइन, आगामी निर्वाचनमा कम्युनिस्ट जति सबै एक ठाउँमा उभिएमा कांग्रेस सबैभन्दा ठूलो दल बन्न मुस्किल पर्नेछ ।

    किनभने अझै एक कार्यकाल नेपालको राजनीतिमा एमाले अध्यक्ष केपी ओली नै हाबी हुने निश्चित छ । हुन त राजनीति सधैं सिधा रेखाबाट हिँड्छ भन्ने छैन । बक्ररेखाबाट पनि चल्ने भएकाले नै यसलाई राजनीति भनिएको हो ।

    जहाँ हुने नहुने सबै हुन्छन् । तर सत्ताबाट हात धुनुपरेपछि अहिले कांग्रेसका केही नेताहरू रुझेको बिराला जस्तै बनेका छन् । समयमा निर्णय नगर्ने, ढिला गर्ने अनि आफ्ना विरोधीलाई ढिम्किनै नदिएकाले अहिले कांग्रेसको यस्तो दुर्दशा आएको हो ।

    यसले ट्रयाकमा आइसकेको कांग्रेसको राजनीति फेरि पाखामा पुगेको छ । संसदीय दलको निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न आवश्यक नै ठानेनन् ।

    उनी निकट नेताहरू त झन् किन चाहन्थे । आफ्नो भाग खोसेको भन्दै उनीहरूले युवा नेतालाई सरकार गठनका लागि छलफलमै डाकेनन् । त्यति मात्र होइन, कुनै जानकारीसमेत दिएनन् ।

    यदि युवा नेताहरूलाई मात्र सभापति देउवाले बोलाएर सघन छलफल गरेको भए स्थिति अर्कै हुन पनि सक्थ्यो । किनकि अहिले देउवासँग जो जो नजिक बसेका नेताहरू छन्, उनीहरू सूचना लिन शून्य अवस्थामा छन् ।

    कसैलाई बोलाएर सूचना लिने, कुराकानी गर्ने, सम्बन्ध बढाउनेमा उनीहरूलाई चासो नै छैन । कतिसम्म भने गृहमन्त्री बालकृष्ण खाँणलाई त केही गोप्य सूचना पुग्थ्यो होला नि, तर उनले समेत कुनै भेउ पाएनन् अब के हुँदैछ भनेर ।

    यतिसम्म सूचनाविहीन हुने नेताले राजनीति नगरेर सन्यास लिँदा नै उपयुक्त हुने अहिले सर्वत्र आवाज उठेको छ । हातभरि भएको सत्ता र पदैपद गुमाएको कांग्रेसका लागि अबको बाटो त्यति सहज भने देखिन्न ।

    अबको दुई वर्ष प्रचण्डले कसरी सरकार चलाउलान् ? केपी ओलीले कसरी उनलाई साथ देलान् ? त्यसले मात्र नेपालको राजनीतिमा कांग्रेसको स्पेस हुनेछ । नत्र अहिलेकै नेतृत्व रहेसम्म कांग्रेस समाप्तिको बाटोमा नजाला भन्न सकिन्न ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend