काठमाडौं– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभाका लागि संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट ४ र इतरबाट २ जनाले दलको नेतामा दाबी गरेका छन् ।
संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका छन् । संस्थापन पक्षबाट दाबी गरेका चार मध्ये २ जना गृहमन्त्री बालकृष्ण खाँण निकट हुन् ।
दाङ–२ (क) बाट निर्वाचित राजु खनाल र बर्दिया २ (क) बाट निर्वाचित जन्मजय तिमिल्सिना गृहमन्त्री खाँण निकट हुन् । खनालले विद्यार्थी राजनीति हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका थिए । तिमिल्सिना विगतमा खाँणको सचिवालयमा समेत काम गरेका व्यक्ति हुन् ।
उनी गत महाधिवेशनमा प्रदेश महामन्त्रीमा पराजित भएका थिए । संस्थापनबाट संसदीय दलको नेतामा चर्चामा रहेका अर्का पात्र डिल्ली चौधरी हुन् । दाङ–३ (क) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । चौधरी संविधानसभाका सदस्य समेत हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।