आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

बागमति प्रदेसशमा दलको नेता चुन्न पुस १३ गते निर्वाचन गर्दै कांग्रेस, बानियाँ र लामा भिड्ने 

बागमति प्रदेसशमा दलको नेता चुन्न पुस १३ गते निर्वाचन गर्दै कांग्रेस, बानियाँ र लामा भिड्ने 

  • मिडिया डबली
  • शुक्रवार, पौष ८ २०७९

  • 2.7K
    SHARES

  • बागमति प्रदेसशमा दलको नेता चुन्न पुस १३ गते निर्वाचन गर्दै कांग्रेस, बानियाँ र लामा भिड्ने 

    हेटौंडा– नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने भएको छ।

    कांग्रेसले दलको नेता चुन्न पुस १३ गते हेटौंडामा चुनाव गर्ने निर्णय गरेको हो।  चुनाव दिउँसो २ बजेदेखि ३ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा हुनेछ। निर्वाचन समितिले पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोधको समय तोकेको छ ।

    पुस १२ गते दिउँसो ४ बजे दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने र पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारले दरखास्त दिने समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

    पुस १३ गते बिहान नै १०ः ३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने छ भने बिहान ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि समय तोकिएको छ ।

    नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मंसिर ४ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ बागमती प्रदेश सभामा निर्वाचित २५ जना र समानुपातिक तर्फ निर्वाचित १२ जना गरी ३७ जनाले मतदान गर्नेछन् । संसदीय दलको नेता बन्न अहिलेसम्म बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाले इच्छा देखाएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend