काठमाडौ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बुधबार सम्पन्न संसदीय दलको नेताको निर्वाचनलाई लिएर कसैप्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन्। उक्त निर्वाचनलाई लिएर नेताहरूलाई लक्षित गरेर नकारत्मक टिप्पणी आएको भन्दै थापाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उक्त आग्रह गरेका हुन्।
‘निर्वाचनमा नेपाली कांग्रेसका सबै सांसदज्यूहरूले आफ्नो विवेक र मताधिकार प्रयोग गर्नुभयो। यो उहाँहरूको छनोटको लोकतान्त्रिक अधिकार हो। मलाई मत दिन नसके पनि यो प्रक्रियामा सहभागी भएर मतदान गर्ने सांसद साथीहरूको चयनप्रति उच्च सम्मान गर्दै पार्टीमा आफ्नो सत्कर्मले हरदम उहाँहरूको मन जित्ने प्रयास गरिरहने छु। आन्तरिक निर्वाचनको यो परिणामलाई लिएर विभिन्न अनुमानका भरमा विश्लेषण गर्नु र नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन,’ थापाले लेखेका छन्, ‘त्यसैले, कसैकाप्रति कुनै पनि टिकाटिप्पणी नगर्न र संयमताका साथ आफ्ना धारणा राख्न म पार्टीका साथीहरू र शुभेच्छुकहरूमा विनम्रतापूर्वक अनुरोध गर्दै पार्टी रुपान्तरण र राजनीतिमा परिवर्तनका लागि थप ऊर्जाशील हुन आग्रह गर्दछु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।