काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नयाँ प्रस्ताव अघि सारेका छन्। उनले पार्टीले लगाउँदै आएको ह्विपका विषयमा नयाँ प्रस्ताव अघि सारेका हुन्। उनले सबै विषयमा पार्टीले ह्वीप लगाउनु नपर्ने तर्क गरेका छन्। अहिलेसम्म संसदमा ह्वीपको लगत अभ्यास हुँदै आएको उल्लेख गर्दै थापाले सांसदहरू विधायकको रूपमा काम गर्नबाट चुकेको बताए ।
उनले भने, ‘हामीकहाँ ह्वीपको गलत अभ्यास भएको छ । सांसदहरूको विधायकको रूपमा काम गर्न चुक्छौँ । क्रस पार्टी काम गर्दैनौँ ।’
शपथग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले संसदमा क्रस पार्टी काम गर्ने अभ्यासको सुरवातत गर्दै नयाँ सांसदहरूसँग मिलेर गर्नुपर्ने धेरै कामहरू रहेको बताए । उनले राष्ट्रपतिको भूमिका सन्तुलित नभएको भन्दै असन्तुष्टि जनाए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।