आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसका पहिलो र दोस्रो पुस्ताको राजनीति एकैपटक ‘कोल्याप्स’

कांग्रेसका पहिलो र दोस्रो पुस्ताको राजनीति एकैपटक ‘कोल्याप्स’

  • मिडिया डबली
  • बिहिवार, पौष ७ २०७९

  • 4.7K
    SHARES

  • कांग्रेसका पहिलो र दोस्रो पुस्ताको राजनीति एकैपटक ‘कोल्याप्स’

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिमा झन् शक्तिशाली नेताका रूपमा उदाएका छन् ।

    कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था भएकाले यो जितले देउवालाई छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो खुला गरेको छ ।

    देउवा संसदीय राजनीतिमा छैटौँपटक दलको नेता भएका हुन् । यसअघि उनी ०५१, ०५८, ०६३, ०७२ र ०७४ मा पनि संसदीय दलको नेता निर्वाचित भएका थिए ।

    देउवाको २६ भदौ ०५२ मा पहिलोपटक, ७ साउन ०५८ मा दोस्रोपटक, २१ जेठ ०६१ मा तेस्रोपटक, २३ जेठ ०७४ मा चौथोपटक र २९ असार ०७८ मा पाँचौँपटक प्रधानमन्त्री भएको इतिहास छ ।

    उनी ६ दशकदेखि निरन्तर राजनीतिमा छन् । एक वर्षअघि भएको १४औँ महाधिवेशनबाट देउवा दोस्रो कार्यकालका लागि पाटी सभापति बनेका थिए । केन्द्रीय समितिमा उनको पक्षमा ८२.२७ प्रतिशत सदस्य छन् ।

    यसले संसदीय दल र पार्टी दुवैतिर देउवाको पकड बलियो बनेको छ । कांग्रेसको एक सय ३४ निर्वाचित र २३ मनोनीत गरी एक सय ५८ सदस्दीय केन्द्रीय कार्यसमिति छ ।

    अझै १० जना मनोनयनको अधिकार सभापतिलाई छ । देउवालाई यसपटक दलको नेता जिताउन कांग्रेसका पहिलो र दोस्रो पुस्ताका अधिकांश नेता खुलेर लागे । नाति पुस्ताका गगन थापासँग पहिलो पुस्ताका देउवाको प्रतिस्पर्धा चर्चामा रह्यो ।

    देउवालाई जिताउन लागिपर्दै गर्दा पहिलो पुस्ताका रामचन्द्र पौडेल तथा दोस्रो पुस्ताका प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शशांक कोइराला, पूर्णबहादुर खड्काले १५औं महाधिवेशनमा युवा पुस्तासँग कसरी प्रतिस्पर्धा गर्लान् भन्ने चासो अहिलेदेखि नै सुरु भएको छ ।

    महामन्त्री थापालाई दलको नेतामा जिताउन युवा नेताहरू खुलेर लागेका छन् । अबको कांग्रेसको राजनीति यिनै युवा नेताले हाँक्ने हो । देउवालाई साथ दिने युवा नेतामा पार्टी चलाउन सक्ने सम्भावना बोकेका कोही देखिन्नन् ।

    देउवा र पौडेलेको राजनीति यही पाँच वर्ष हो । दोस्रो पुस्ताका नेताहरुले पनि पार्टीको १५औं महाधिवेशनपछि संसदीय निर्वाचन हुने भएकाले टिकट पाउने सम्भावना छैन ।

    कांग्रेस संसदीय दलको निर्वाचनमा देउवालाई साथ दिने अधिकांश ७० वर्ष नाघेका र केही ६० वर्ष नाघेका छन् । अब उनीहरू सक्रिय ढंगले राजनीतिमा लाग्ने भनेको यही पाँच वर्ष हो ।

    पाँच वर्षमा दुनियाँमा धेरै परिवर्तन भइसक्छ । ६ महिनाअघि खुलेको रवि लामिछानेकोरास्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख समानुपातिक मत ल्याएकाले बुढा नेताहरूको मुटुमा ढ्यांग्रो बजाइसकेको छ । त्यसबेलासम्म वृद्ध नेताहरु डेट एक्सपायर्ड हुनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend